डा. भट्टको राजीनामा स्वीकृत गर्न डा. ढुंगानाले गरिन् आनाकानी, गभर्नर भएपछि स्वतः राजिनामा हुने

५ बैशाख २०८२, शुक्रबार १३:१८

काठमाडौं । । प्रधाानमन्त्री केपी शर्मा ओलीले कार्यबाहक गभर्नर डा। नीलम ढुंगानालाई गभर्नर बनाउने आश्वासन मात्रै दिएको भन्दै  कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा। गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेको बुझिएको छ । आज शुक्रबार कार्यालय समय सकाएर उनी स्वीकृत नगरी जाने अवस्थामा छिन् ।

गभर्नर पदमा महिला नेत्तृव प्रधानमन्त्री केपी ओलीलाई निर्णय भएपनि निर्णय उल्टिएको भन्दै डा. नीलम ढुंगाना रुष्ट बनेकी छिन् ।

राष्ट्र बैंकको ऐनले गभर्नर नियुक्ति प्रायोजनका लागि कार्यकारी निर्देशकले राजीनामा दिनुपर्ने प्रावधान रहेको छैन । गभर्नर नियुक्ति भएपछि कार्यकारी निर्देशकबाट स्वतः राजिनामा गरेको मानिने व्यवस्था रहेको छ ।
सो कारण राजिनामा स्वीकृत नगरेपनि डा। भट्ट गभर्नर भए स्वतः राजिनामा हुने व्यवस्था राष्ट्र बैंकको ऐनमा रहेको छ ।

सोही क्रममा बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच यस विषयमा लामो छलफल भएको, त्यस क्रममा देउवानिकट डा। गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको समाचार सार्वजनिक भएको थियो ।

तर भट्ट राष्ट्र बैंकको कार्यकारी निर्देशक पदमा रहेकाले उनी गभर्नर बन्न राष्ट्र बैंक ऐनले नमिल्ने कानुन व्यवसायीले औंल्याएपछि शुक्रबार उनले पदबाट राजीनामा दिएका थिए । तर गभर्नरको प्रत्यासी रहेकी डा। ढुंगानाले आफू कावा गभर्नर भएकोले कानुनअनुसार स्वीकृत गर्न नमिल्ने बताएपछि भट्टलाई गभर्नर बनाउने देउवाको योजना अन्योलमा परेको हो ।

गभर्नरका लागि सिफारिस गर्न अर्थमन्त्रीको संयोजकत्वमा बनेको समितिले डेपुटी गभर्नरहरुमध्येबाट एक जनासहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नसक्ने कानुनी व्यवस्था छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*