गभर्नर बन्ने पक्का भएपछि डा. भट्टले राष्ट्र बैंकबाट दिए राजिनामा, तीन जनाको नाम आजै सिफारिस गर्ने

गभर्नरका लागि भट्टको नाममा सहमति भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेट
५ बैशाख २०८२, शुक्रबार १२:०७

काठमाडौं । गभर्नर काण्डले गठबन्धनमै संकट पर्ने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमती भएसँगै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। उनले आज राजीनामा गरेका हुन्।

गठबन्धनमै संकट पर्ने भएसँगै यस बिषयमा सत्ता पक्षबीच सहमती भईसकेको सो कारण उनले राजिनामा दिएको बुझिएको छ ।

सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भनेर निर्णय नहुँदा समितिको बैठक बस्न सकेको थिएन ।
बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टका नाममा सहमति भएको थियो ।

संभवत आजै अर्थमन्त्री बिष्णु पौडेल संयोजक रहेको समितिले भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने छ। त्यसपछि मन्त्रीपरिषद्को बैठक डाकेर भट्टलाई गभर्नर नियुक्त गर्ने योजना छ।
गभर्नरका लागि भट्टको नाममा सहमति भएपछि प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले उनलाई डाकेर भेटिसकेका छन्। गभर्नरका लागि नेपाल राष्ट्र बैंकलेले केही योग्यताहरु तोकेको छ । नेपालको नागरिकका साथै उच्च नैतिक चरित्र आवश्यक पर्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*