यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख ५ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.३० रुपैयाँ र बिक्रीदर १३६.९० रुपैयाँ कायम भएको छ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १५४.९३ रुपैयाँ र बिक्रीदर १५५.६१ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८०.४० रुपैयाँ र बिक्रीदर १८१.१९ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६६.८२ रुपैयाँ र बिक्रीदर १६७.५५ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८६.७२ रुपैयाँ र बिक्रीदर ८७.१० रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९८.१५ रुपैयाँ र बिक्रीदर ९८.५८ रुपैयाँ रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०३.८८ रुपैयाँ र बिक्रीदर १०४.३३ रुपैयाँ, जापानी येन १० को खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.६७ रुपैयाँ र बिक्रीदर १८.७५ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६.४८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.३९ रुपैयाँ र बिक्रीदर ३७.५६ रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.०९ रुपैयाँ र बिक्रीदर ४.११ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.९२ रुपैयाँ र बिक्रीदर ३१.०६ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १४.०५ रुपैयाँ र बिक्रीदर १४.११ रुपैयाँ रहेको छ।
त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.७५ रुपैयाँ र बिक्रीदर २०.८४ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.५६ रुपैयाँ र बिक्रीदर १७.६३ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४४.५८ रुपैयाँ र बिक्रीदर ४४६.५४ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६१.६० रुपैयाँ र बिक्रीदर ३६३.१९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५४.०३ रुपैयाँ र बिक्रीदर ३५५.५९ रुपैयाँ रहेको छ।