बागलुङको तमानखोलामा बीमा प्राधिकरणको बीमा अन्तरक्रिया कार्यक्रम, कृषि बीमा, सामूहिक दुघर्टना बीमाबारे छलफल

४ बैशाख २०८२, बिहीबार २२:०३

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले बागलुङ जिल्लामा अवस्थित तमानखोला गाउँपालिकामा बीमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

प्राधिकरणको गण्डकी प्रदेश कार्यालय र तमानखोला गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीयबासीहरुले कृषि बीमा, सामूहिक दुर्घटना बीमा, जीवन बीमाबारे छलफल गरेका छन् ।

नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रको अध्यक्षतामा तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिरा कुमारी छन्त्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा स्थानीय बीमाकर्मी, बीमा अभिकर्ताहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, गाउपालिकाभित्रका कार्यालयका शाखा प्रमुख, कर्मचारीहरु, किसान तथा व्यवसायीहरु तथा बीमकका शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थित रहेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारको उपस्थितिमा बीमा प्राधिकरणकी सहायक निर्देशक ऋचा कुशुम लम्सालले कार्यक्रममा बीमाबारे संक्षिप्त प्रस्तुतीकरण प्रस्तुत गरेकी थिईन् । कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणको सहायक प्रथम बलराम लामिछानेले गरेका थिए ।

किसानहरुले कृषि बीमाको बिषय उठाएका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमित परियारले आगामी दिनमा बीमाका कार्यक्रमहरुलाइ अब आउने नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै, तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिरा कुमारी छन्त्यालले आफू जीवन बीमा अभिकर्ता भएर काम गरेको अनुभव सुनाउदै बीमा मानव जीवनका लागि अपरिहार्य रहेको भन्दै उपस्थिति सम्पुर्णलाई बीमामा जोडिन आग्रह गरिन् । साथै उपाध्यक्ष छन्त्यालले कृषि बीमा, सामूकि दुर्घटना बीमा र जीवन बीमाको निकै ठूलो महत्व रहेकोले यसको व्यापक प्रचार प्रसार गरिनुपर्नेमा जोड दिईन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*