थापाथलीमा ढलको पाइप फुट्दा सवारी आवागमन अवरुद्ध

४ बैशाख २०८२, बिहीबार १८:२८

काठमाडौं । काठमाडौंको व्यस्त क्षेत्र थापाथलीमा ढल निकासको पाइप फुटेपछि बिहीबार साँझ सवारीसाधनको आवागमन प्रभावित भएको छ। करिडोर मार्गमा ढलको पाइप अचानक फूटेपछि सडकमा फोहोर पानी बग्न थालेको छ, जसले यातायात मात्रै होइन, पैदल यात्रुलाई समेत कठिनाइ भएको छ।

घटना साँझपख भएको र तुरुन्तै ठूलो परिमाणमा फोहोर पानी सडकमा फैलिएपछि सवारीसाधन जाममा परेका छन्। चालकहरूलाई गन्तव्यसम्म पुग्न कठिनाइ भइरहेको छ भने केहीले वैकल्पिक मार्ग रोजेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*