रोयल इनफिल्डको क्लासिक ३५० नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । विश्वभर मध्यम क्षमताका मोटरसाइकल (२५० सीसीदेखि ७५० सीसी) उत्पादनमा अग्रणी मानिने ब्रान्ड रोयल इनफिल्डले नेपाली बजारमा आफ्नो चर्चित मोडल ‘क्लासिक ३५०’ सार्वजनिक गरेको छ। नेपाली सडकका लागि उपयुक्त डिजाइन, क्लासिक लुक र आधुनिक प्रविधिको संयोजनसहित क्लासिक ३५० अब नेपालमा औपचारिक रूपमा उपलब्ध भएको हो।
नेपालमा रोयल इनफिल्ड मोटरसाइकलको आयात तथा वितरण आइएमई अटोमोटिभ्सले गर्दै आएको छ। कम्पनीले क्लासिक ३५० नेपाली ग्राहकका लागि आकर्षक रंग, उन्नत फिचर र सन्तुलित मूल्यमा उपलब्ध गराएको छ।
यस मोटरसाइकलमा ३४९ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर-एण्ड-ऑइल-कुल्ड इन्जिन जडान गरिएको छ, जसले ६१०० आरपीएममा अधिकतम २०.२ बीएचपी पावर र ४००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्छ। यो इन्जिनले सुगम तथा उकालो बाटोमा सहज र दमदार राइडिङ अनुभव दिन सक्षम बनाउँछ।
क्लासिक ३५० को डिजाइनमा पुरानो क्लासिक मोटरसाइकलको झल्को आउने भए पनि प्रविधिको पक्षमा यसमा धेरै सुधार गरिएको छ। डिजिटल–एनालग मिटर कन्सोल, एलईडी टेललाइट, साइड स्ट्यान्ड इन्जिन कट–अफ सिस्टम, ड्युअल च्यानल एबीएस ब्रेकिङ प्रणाली जस्ता सुरक्षामूलक र उपयोगी फिचरहरू समावेश छन्।
यसका साथै बाइकमा ५-स्पीड गियरबक्स, १३ लिटर क्षमताको इन्धन ट्याङ्की, टेलेस्कोपिक फ्रन्ट फोर्क र ट्विन स्प्रिङ रियर सस्पेन्सन जडान गरिएको छ, जसले लामो यात्रामा पनि सहज र स्थिर अनुभव प्रदान गर्छ।
कम्पनीले क्लासिक ३५० लाई ‘हेलमेट अफ लिजेन्ड्स’ भनिने लोकप्रिय मोटरसाइकलको नयाँ पुस्ताका रूपमा प्रस्तुत गरेको छ। यस मोडलमा रेडिच, हेल्सियन, सिग्नल्स, डार्क र क्रोम गरी विभिन्न संस्करण उपलब्ध छन्, जसले ग्राहकलाई रोजाइको विकल्प प्रदान गर्छ।
मूल्य सुची
हेरिटेज (मदरास रेड, जोधपूर ब्लू) रु ५,५५०००,
हेरिटेज प्रिमिय (मेडालियन ब्रोन्ज ) रु ५,६६०००
सिग्नल्स (कमाण्डो सेण्ड) रु५,६६०००
डार्क (गन ग्रे स्टेल्थ ब्ल्याक) रु५,७३०००
क्रोम (इमराल्ड) रु ५,७९,९००