प्रभु हेलिकप्टरले ६१ करोडको आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

४ बैशाख २०८२, बिहीबार १७:४८

काठमाडौँ । प्रभु हेलिकप्टर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६१ लाख २५ हजार कित्ता बराबरको ६१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*