पिउने पानीको जारमा किरा भेटिएपछि केएम मिनरल वाटरलाई जरिवाना
४ बैशाख २०८२, बिहीबार १७:२८

काठमाडौँ । उपत्यकामा वितरण हुँदै आएको जारको पानीमा लापरबाही देखिएको छ। ललितपुरको लगनखेलस्थित पशु सेवा तालिम केन्द्रमा पिउने पानीका लागि ल्याइएको जारमा कीरा फेला परेको हो।
पिउन अयोग्य देखिएको उक्त जारको परीक्षणपछि ललितपुर महानगरपालिकाले पानी उत्पादन तथा वितरण गर्दै आएको केएम मिनरल वाटरलाई जरिवाना गरेको हो। नगर प्रहरीका अनुसार कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
महानगरका अधिकारीहरूले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा यस्तो लापरबाही गम्भीर विषय भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। पानीमा कीरा फेला परेको विषयलाई लिएर स्थानिय स्तरमा समेत चासो बढेको छ।