‘भिजिबिलिटी’ कमजोर हुँदा जहाज आकासमै फन्को मार्दै

४ बैशाख २०८२, बिहीबार १६:३०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् ।

खराब मौसमका कारण ‘भिजिबिलिटी’ (दृश्यता) कमजोर हुँदा विमानस्थलमा अवतरण र उडान प्रक्रिया अस्तव्यस्त बनेको छ । मौसम प्रतिकूल भइरहेका कारण आधा दर्जनभन्दा बढी जहाज आकासमै फन्को मार्न बाध्य भएका छन् भने केही जहाजले उडान भर्न नसकी ग्राउन्डमै प्रतीक्षा गर्नुपरेको  छ ।

विमानस्थल क्षेत्र वरिपरि बाक्लो कुहिरो र बादल जमेकाले ‘रनवे’ देखिने अवस्था नरहेकाले सावधानी अपनाउँदै उडानहरू ढिला गर्नुपरेको जनाइएको छ ।

आन्तरिक गन्तव्यतर्फ जान तयार अवस्थामा रहेका जहाजहरू उडान अनुमतिका लागि मौसम खुल्ने प्रतीक्षामा छन् । अन्तर्राष्ट्रिय उडानहरू पनि निर्धारण गरिएको समयभन्दा ढिलो हुँदै गइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*