विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य अपर तामाकोशीको अध्यक्ष नियुक्त
४ बैशाख २०८२, बिहीबार १३:०३

काठमाडौँ । अपर तामाकोशी जलविद्युत कम्पनीको नयाँ अध्यक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य चयन भएका छन् । प्राधिकरणको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधि नियुक्त गरिएको शाक्यलाई समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यको अध्यक्षतामा कम्पनीको आगामी योजना अगाडि बढाउने निर्णयसमेत गरेको हो ।