सुमना श्रेष्ठले किन दिइन् रास्वपाको सह–महामन्त्री पदबाट राजीनामा?
४ बैशाख २०८२, बिहीबार १२:२३

काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट राजीनामा दिएकी छिन्।
उनले दोहोरो भूमिका निर्वाह नगर्ने बरू संसदमै प्रभावकारी भूमिका निर्वाह गर्ने मनसायले पार्टीको सह–महामन्त्री पदबाट राजीनामा दिएको उनले पेश गरेको प्रस्तावमा उल्लेख गरिएको छ।
उनले राजकीय तथा व्यवस्थापकीय जिम्मेवारीको पाटो एक किसिमले र पार्टीको जिम्मेवारी अर्काे किसिमले भएको भन्दै एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न राजीनामा दिएको उल्लेख गरेकी छिन्।
उनले आफू सांसदको भूमिकामा सीमित हुने र पार्टीमा आफ्नो जिम्मेवारी अरूलाई दिन चाहेको बताएकी छिन्।