प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच साझेदारी

४ बैशाख २०८२, बिहीबार ११:१९

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ स्थित शान्ति बन वाटिकाको कृषि बजार व्यवस्थापन समितिबीच वैशाख १ गते व्यवसायिक साझेदारी सम्झौता भएको छ।

सम्झौता अनुसार अबदेखि कास्की तथा अन्य जिल्लाबाट ल्याइने फलफूल र तरकारी लगायतका कृषि उपजहरू स्टलमार्फत डिजिटल माध्यमबाट किनबेच गर्न प्रभु बैंकले सहज बैंकिङ्ग सेवा, क्यूआर कोडबाट भुक्तानी, डिजिटल कारोबार प्रणाली र इन्टरनेटको सुविधा उपलब्ध गराउने छ।

सम्झौतामा समितिका अध्यक्ष नवराज दुवाडी र प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले हस्ताक्षर गरेका छन्।

अध्यक्ष दुवाडीले बैंकलाई धन्यवाद दिँदै अबबाट दैनिक कारोवार झनै सरल, पारदर्शी र सुरक्षित हुने विश्वास व्यक्त गरे भने प्रमुख रानाले पनि डिजिटल सेवाबाट कृषक, व्यवसायी र उपभोक्तालाई लाभ पुग्ने बताए।

प्रभु बैंकले भविष्यमा आवश्यकता अनुसार कृषि बजारमा संलग्न व्यवसायीहरूलाई कर्जा सुविधा पनि दिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*