बीमा प्राधिकरणद्धारा गार्डियन माइक्रोलाई बिशेष साधारण स्थगन गर्न निर्देशन, हकप्रद सेयर जारी गर्न लगायो रोक

३ बैशाख २०८२, बुधबार १८:१८

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण स्थगन गर्दै हकप्रद सेयर जारी गर्न नपाउने निर्देशन दिएको छ।

प्राधिकरणले चैत १८ गते विशेष साधारण सभा डाकेको बिषयमा २८ गते सपष्टीकरण सोधेको थियो । बीमा प्राधिकरणले विशेष साधारण सभामार्फत १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने बिषयमा ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण मागेको थियो ।सष्टीकरण चित्त बुझदो नआएपछि बिशेष साधारण स्थगन गर्ने निर्देशन दिएको हो ।

गार्डियन माइक्रो लाइफको शतप्र्रतिशत हकप्रद सेयर निष्कासन गर्न आइपीओ बिक्री गरेको दुई महिनामै विशेष साधारण सभा बोलाएको थियो ।

कम्पनीले गत माघमा सर्वसाधारणलाई चुक्ता पुँजीको ३० प्रतिशत सेयर निष्कासन गरेपछि दोस्रो बजारमा प्रत्यक्ष असर परेको भन्दै चर्को आलोचना समेत भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*