सनराइज बहुउद्देश्यीय सहकारी संस्था बन्द
३ बैशाख २०८२, बुधबार १६:१५

काठमाडौं । बुटवलको सनराइज बहुउद्देश्यीय सहकारी संस्था बन्द भएको छ ।अध्यक्षले सेयर सदस्यको बचत अपचलन गरेपछि सहकारी बन्द भएको हो ।
बुटवल–११ देवीनगरमा रहेको सहकारीका अध्यक्ष आकाश भट्टराईले संस्थामा जम्मा भएको रकम अपचलन गरी सम्पर्कविहीन भएपछि अन्य पदाधिकारी र कर्मचारीले संस्था बन्द गरेका हुन् ।
संस्थाले निकालेको सूचनामा अध्यक्ष सम्पर्कमा नआउँदासम्म कर्मचारीबाट कार्यालय सञ्चालन गर्न असहज परिस्थिति बनेको भन्दै सम्बन्धित निकायबाट अध्यक्षलाई खोजेर उपस्थित गराइएपछि बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइने उल्लेख छ ।
सहकारीमा कति सेयर सदस्य छन्, सदस्यको कति रकम बचत छ र अध्यक्षले कति रकम अपचलन गरेका हुन् भन्ने सूचनामा उल्लेख छैन ।