पुँजीबजार मैत्री गर्भनरको अपेक्षामा पर्ख र हेर अवस्थामा लगानीकर्ता, हाईड्रोपावरको शेयरमा उछाल

३ बैशाख २०८२, बुधबार १५:०६

काठमाडौं । नयाँ बर्षको पहिलो कारोबारमा उत्साहजनक भएको शेयर बजारमा सामान्य सुधार देखिएको छ।

राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रकृयाको लागि दलहरुबीचको खिचानिती र सरकार परिर्वतन हुन सक्ने सम्भावनाको कारण पनि शेयर बजारमा हिजोको जस्तै उत्साह भने देखिएन ।

पुँजीबजार मैत्री गर्भनर आउने अपेक्षामा लगानीकर्ताहरु रहेका छन् । गर्भनर नियुक्ति मात्रै नभई केन्द्रिय बैंकको भूमिकाले बजारमा पर्ने प्रत्यक्ष असरको बिषयमा पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।

नेप्से ७।०१ अंकले बढेर २६९६।२३ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम भने घटेको छ।

मंगलबार आठ अर्ब ५४ करोडको सेयर कारोबार भएकोमा बुधबार सात अर्ब २६ करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा एक अर्ब २८ करोड रूपैयाँ कमी आएको हो।

आज हाईड्रोपावरको शेयरमा उछाल छाएको छ।

३२९ वटा धितोपत्रको एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर किनबेच भएको हो।

बुधबार १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*