सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दै

April 16th, 2025

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आह्वान गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार अपरान्ह ५ बजे बालुवाटारमा सुरुमा कार्यदलको बैठक बस्नेछ ।

त्यसपछि साँझ साढे ६ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने बताइएको छ ।

बैठकमा पछिल्लो समसामयिक राजनीति, बजेट अधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*