कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाईरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना

३ बैशाख २०८२, बुधबार १४:०९

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘टपअप र फोनपे डाईरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना ल्याएको छ।

बैंकका अनुसार यो योजनामा ग्राहकहरूले विभिन्न उपहारहरू जित्ने अवसर पाउनेछन्। जसमा बम्पर उपहारस्वरूप ‘आईफोन १६’ र हरेक हप्ता सय जनालाई सय रूपैयाँको रिचार्ज रहेको छ।

योजनामा सहभागी हुन कम्तीमा सय रूपैयाँको मोबाइल टपअप र पाँच सयको फोनपे डाईरेक्ट कारोबार अफर अवधि छँदै पूरा गर्नु पर्नेछ। त्यसपछि ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन्।

योजना अवधि वैशाख १ देखि ३१ गतेसम्म रहने र अवधि सकिएपछि एकजना भाग्यशालीले बम्पर उपहारमा आईफोन १६ जित्ने बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*