बीमितको भरोसामा आईएमई लाइफ : एक महिनामै ३ करोड २० लाख दाबी रकम भुक्तानी
३ बैशाख २०८२, बुधबार १३:४२

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।०८२ को चैत्र महिनामा ३ करोड २० लाख २ हजार १७५ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ। कम्पनीले बीमितलाई समयमै आर्थिक सहायता पु-याउने उद्देश्यसहित बीमालेखधारीका ७५ वटा बीमालेख अन्तर्गतको दाबी रकम भुक्तानी गरेको हो।
दाबी परेपछि छिटोभन्दा छिटो आवश्यक प्रक्रिया पूरा गरेर बीमित वा लाभग्राहीलाई झन्झटरहित सेवा उपलब्ध कम्पनीले गराइरहेको छ । यसै अनुरूप चैत्र महिनाभर प्राप्त दाबीहरूमध्ये सम्बन्धित कागजात तथा प्रक्रियागत आवश्यकता पूरा भएका बीमालेखहरूमा तत्काल भुक्तानी गरिएको कम्पनीले जनाएको छ।
आईएमई लाइफले दाबी भुक्तानी प्रक्रियालाई छरितो, पारदर्शी र ग्राहकमैत्री बनाउन आन्तरिक प्रणाली सुदृढ बनाउँदै लगि रहेको छ ।