राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन

३ बैशाख २०८२, बुधबार १३:२०

काठमाडौँ  । संघीय संसद्को आगामी बैठक वैशाख १२ गतेका लागि तय गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संसद्को दुवै सदन — प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक वैशाख १२ गते दिउँसो १ बजेका लागि आह्वान गरेका हुन्।

यसअघि मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन सुरु गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*