प्रभु बैंक र गोरखा गार्डन होटलबीच छुट सम्झौता
३ बैशाख २०८२, बुधबार ११:४०

काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घलेस्थित गोरखा गार्डन होटल प्रा.लि. बीच बैंकका कर्मचारी र ग्राहकलाई होटलका सेवाहरूमा छुट दिने सम्झौता भएको छ।
वैशाख २ गते एक समारोहकाबीच होटलका तर्फबाट अध्यक्ष सुरेन्द« कुवर, र बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख राजु रानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गरेमा सो होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।