सिता एयरको जहाज आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध

३ बैशाख २०८२, बुधबार १०:५५

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बिहान ५ मिनेटका लागि अवरुद्ध भएको छ। रामेछापबाट लुक्लातर्फ जान लागेको सिता एयरको जहाजमा समस्या आएपछि आकस्मिक अवतरण गर्नुपर्दा विमानस्थल केही समयका लागि बन्द गरिएको हो।

बिहान १० बजेर ६ मिनेटदेखि १० बजेर ११ मिनेटसम्म उडान र अवतरण पूर्ण रूपमा रोकिएको थियो। आकस्मिक अवतरणपछि जहाजलाई पार्किङ क्षेत्रतर्फ सारिएको र हाल विमानको निरीक्षण भइरहेको जनाइएको छ।

घटनापछि विमानस्थलको उडान सेवा सामान्य अवस्थामा फर्किएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*