सुनको मूल्यले बनायो फेरी नयाँ रेकर्ड, प्रतितोला कति ?
३ बैशाख २०८२, बुधबार १०:३९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा दुई हजार ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा एक हजार ९५५ रुपैयाँमा किनबेच भइरहेको हो ।