नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा एमिल प्रधान नियुक्त
३ बैशाख २०८२, बुधबार १०:२८

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक पदमा एमिल प्रधानलाई नियुक्ति गरिएको छ।
यसअघि सञ्चालक रहेकी अनिता रायमाझी टण्डनले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएकी थिइन्। कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभा सम्मको लागि एमिल प्रधानलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।
Loading...