पेट्रोलियम पदार्थको मूल्य घट्यो

३ बैशाख २०८२, बुधबार ०७:०९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार वैशाख २ गते राति १२ बजेबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको हो।

नयाँ मूल्य अनुसार पेट्रोलको दर पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ तोकिएको छ। त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४५ रुपैयाँ र तेस्रो वर्गमा १४६ रुपैयाँ कायम गरिएको छ।

नेपाल आयल निगमको वितरणको आधारमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पहिलो वर्गमा पर्छन् भने सुर्खेत र दाङ दोस्रो वर्गमा, काठमाडौँ, पोखरा र दीपायल तेस्रो वर्गमा पर्छन्।

इन्धनको मूल्य घटाउने निर्णय भारतको इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यको आधारमा गरिएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ १५ पैसा र डिजेलको मूल्य २ रुपैयाँ ६२ पैसाले घटेर आएको हो। त्यसअनुसार स्थानीय बजारमा पनि मूल्य घटाइएको निगमले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*