पियोर इनर्जीको आइपीओमा १८ लाखको हात रित्तो हुने, कतिले पाउँछन् शेयर ?

काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार मंगलबार अर्थात् वैशाख २ गते साँझ ५ः०७ बजेसम्ममा १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा १९.०२८ गुणा बढी हो ।
पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको पथियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।
जसको आइपीओ १ लाख १९ हजार ५२० जनाले १०।१० कित्ता दरले शेयर हात पार्नेछन् । १८ लाखभन्दा बढीको हात भने रित्तो रहनेछ ।
यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ । यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।