पाँच कम्पनीको शेयरमा सर्किट, २०८२ को पहिलो दिन यी लगानीकर्ता भए मालामाल

२ बैशाख २०८२, मंगलवार १५:१३

काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढ्न पुगेको छ । २०८२ सालको पहिलो कारोबारको दिन बजारमा हरियाली देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५५ अकंले बढेर २६८८.६३ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बजारमा हरियाली आएसँगै अधिकांश कम्पनीका लगानीकर्ता मालमाल भएका छन् । आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*