सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई खाद्य सामग्री र स्यानिटरी प्याड सहयोग

२ बैशाख २०८२, मंगलवार १३:११

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यौन शोषणमा परेका बालिका र महिला विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाको लागि कार्य गर्दै आएको संस्था रक्षा नेपाललार्ई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी प्याड सहयोग प्रदान गरेकोे छ ।

दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुर्नस्थापनामा लागिपरेको संस्था रक्षा नेपालले उनीहरूलाई सीप, शिक्षा, काउन्सेलिङ, कानूनी सहयोग, आत्मरक्षा र आत्मजागरूकता मार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ ।

बैंकले एक समारोहका बीच रक्षा नेपाललाई सामाग्रीहरु हस्तान्तरण गरेको हो । बैंकको सहयोगलाई धन्यबाद ज्ञापन गर्दै रक्षा नेपालले आगामी दिनमा पनि महिला र बालबालिकाको अधिकारको लागि कार्यहरु गर्दै जान हौसला मिलेको बताए । समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाँउदा संस्थाको संचालनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*