क्रेस्ट माइक्रो लाइफमा सर्किट, शेयरमूल्य चार सयमाथि
२ बैशाख २०८२, मंगलवार ११:२१

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ। सर्किट लागेसँगै कम्पनीको १ कित्ता शेयरको मूल्य ४०२ रुपैयाँ ४० पैसा पुगेको छ।
आज यस कम्पनीको शेयरबजारमा दोस्रो कारोबार हो। यसअघि बिहीबार मात्रै यस कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएको थियो। कम्पनीको पहिलो कारोबार ३०२ रुपैयाँ ५० पैसामा भएको थियो।
कारोबारमा आएको पहिलो दिन बिहीबार सकारात्मक सर्किट लागेर कम्पनीको १ कित्ता शेयरको मूल्य ३३२ रुपैयाँ ७० पैसा पुगेको थियो।