यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२ बैशाख २०८२, मंगलवार ०७:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख २ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३७.३७ रुपैयाँ र बिक्रीदर १३७.९७ रुपैयाँ कायम भएको छ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५६.४६ रुपैयाँ र बिक्रीदर १५७.१४ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१.२७ रुपैयाँ र बिक्रीदर १८२.०७ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६७.६९ रुपैयाँ र बिक्रीदर १६८.४२ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२५ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९९.१५ रुपैयाँ र बिक्रीदर ९९.५८ रुपैयाँ रहेको छ।

सिङ्गापुर डलर एकको खरिददर १०४.४२ रुपैयाँ र बिक्रीदर १०४.८८ रुपैयाँ, जापानी येन १० को खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.७९ रुपैयाँ र बिक्रीदर १८.८७ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.६० रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.६८ रुपैयाँ र बिक्रीदर ३७.८५ रुपैयाँ निर्धारण गरिएको छ।

थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.११ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.४० रुपैयाँ र बिक्रीदर ३७.५६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.११ रुपैयाँ र बिक्रीदर ३१.२५ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १४.२२ रुपैयाँ र बिक्रीदर १४.२८ रुपैयाँ रहेको छ।

त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.९५ रुपैयाँ र बिक्रीदर २१.०४ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.७१ रुपैयाँ र बिक्रीदर १७.७९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४७.९३ रुपैयाँ र बिक्रीदर ४४९.८९ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६४.४३ रुपैयाँ र बिक्रीदर ३६६.०२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५६.८२ रुपैयाँ र बिक्रीदर ३५८.३८ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*