नेको इन्स्योरेन्सको हकप्रद बाँडफाँड, भोलिदेखि रकम फिर्ता

२ बैशाख २०८२, मंगलवार ०७:०६

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको ४ः१ अनुपातको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर चैत ३१ गते बाँडफाँड गरेको छ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ माघ १८ गते बुक क्लोज गरेकाले १७ गतेसम्म कायम भई रीतपूर्वक आवेदन दिएका सबै शेयरधनीहरूले माग गरेबमोजिम हकप्रद शेयर हात पारेका छन्। प्रतिकित्ता १ सय रूपैयाँका दरले बिक्री खुला गरिएको यो हकप्रद ४८ लाख ५ हजार ६४०.२० कित्ता बाँडफाँडमा परेको छ।

यसरी बाँडफाँडमा नपरेको २ लाख २५ हजार २६१.३५ कित्ता अब कम्पनीले लिलाम प्रक्रियामार्फत् बिक्रीमा ल्याउनेछ। साथै बाँडफाँडमा नपरेकाहरूको रकम भोलि वैशाख ३ गतेदेखि फिर्ता गरिने कम्पनीले जनाएको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*