सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

२ बैशाख २०८२, मंगलवार ०६:३४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी शान्त राज बतासको नाममा रहेको १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले यी शेयर सर्वसाधारण व्यक्ति वा संस्थाले गर्न पाउने गरी बिक्रीमा राखेको हो। संस्थापक शेयरधनीहरूलाई भने यसअघि नै खरीदका लागि प्रस्ताव गरिसकिएको बैंकले जनाएको छ।

सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले आगामी १५ दिनभित्र बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*