पूर्वराजा ज्ञानेन्द्र शाहले भने, ‘विश्वकै उत्कृष्ट भूमिमा बाँच्नै गाह्रो भइसक्यो’

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वकै उत्कृष्ट भूमिमा बाँच्नै गाह्रो भइसकेको बताएका छन् । नयाँ वर्षमा सन्देश दिँदै पूर्व राजाले यस्तो बताएका हुन् ।
उनले नागरिक स्वतन्त्रताभन्दा माथि कुनै वाद हुन नसक्ने समेत बताएका छन् । दलहरु पृथ्वीनारायण पथमा उभिन समेत आव्हान गरे । मुलुकको समग्र संरचनामा सुधार र हेरफेर नभएको अवस्थाबाट देश अघि बढ्न नसक्ने शाहको भनाइरहेको छ ।
नेपाली जनतामा देश र भविष्यप्रति जागरुप हुने गरेको बताए । ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो, जनगुनासो वा गुनगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देशको भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ, त्यसलाई हामीले सकारात्मकरुपमा लिएका छौं ।मुलुकमा अशान्ती र अराजकताबाट मुक्त गर्ने नेपालको राजसंस्थाले जहिले जहिले पनि योगदान पुराउँदै आइरहेको छ ।’
केही दिनअघि जनप्रदर्शनमा हिंसा, आगजनी, तोडफोडबाट भएको मानवीय र भौतिक क्षतिमा दुख ब्यक्त गरे ।
‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता भएको पूर्वराजाले बताएका छन् । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्ने उनको सुझाव छ ।
स्वेदशी उत्पादनलाई बलियो बनाउँदै आन्तरिक अर्थतन्त्र चलयमान बनाउनु जरुरी रहेको छ । बढ्दो युवा पलायन रोकि स्वदेशमै उच्च उपयोग तिर समेत सरकारले ध्यान दिनु पर्ने उनको भनाइ रहेको थियो ।