सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडद्वारा राजविराजमा बीमा प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न

३१ चैत्र २०८१, आईतवार १७:०८

काठमाडौँ । “नन लाइफ इन्स्योरेन्स अफ द इयर–२०२५” बाट सम्मानित सिद्घार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा प्रवद्र्वनात्मक कार्यक्रम सप्तरी जिल्लाको राजविराजमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा निर्जीवन बीमासंग सम्वन्धित विभिन्न बीमालेखका बारेमा जानकारी प्रदान गरिएको थियो ।

राजविराज नगरपालिकाको का.वा. मेयर इसरत परविनको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै बीमा अति आवश्यक रहेको र अगामी दिनमा राजविराज नगरपालिकाले पनि बजेट मै नगरवासीका लागि बीमा कार्यक्रम राख्ने र यसका प्रभावकारीताको लागि सम्भव प्रयासहरु गर्ने बताए ।

उद्योगी, व्यापारी, कृषक, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु गरि करिव ७६ जनाको उपस्थिति रहेको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल बीमा प्राधिकारण मधेश प्रदेश प्रमूख प्रिती देवले निर्जीवन बीमा र यसका आवश्यक्ता, औचित्यहरुको बारेमा प्रकाश पार्दैै यसरी बीमा सेवा प्रदायक कम्पनीहरुले स्थानीय स्तरमा अन्तरक्रिया तथा छलफल गरी बीमाको पहुच वढाउन, जनचेतना फैलाउन गरेको राम्रो प्रयासलाई सराहना गर्दै धन्यवाद व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*