२०८१ सालको अन्तिम दिन यी कम्पनीका लगानीकर्ता भए मालामाल
३१ चैत्र २०८१, आईतवार १५:०९

काठमाडौँ । २०८१ सालको अन्तिम कारोबारको दिन शेयर बजार घटेर बन्द भएको छ । बजार घटेपनि आज केहि कम्पनीहरुको शेयर मूल्य उच्च अकंले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.८४ अकंले घटेर २६६१.८६ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोढ ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज नेपाल माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफको इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, त्रिशुली जलविद्युतको ५.७८ प्रतिशत, एनआइएमबि स्टेबलको ५.२२ प्रतिशतले शेयर मुल्य बढेको हो ।