सीईडीबी होल्डिङ्सको शेयरमा झुम्मिए लगानीकर्ता, अरू कुनको भयो सर्वाधिक कारोबार ?

३१ चैत्र २०८१, आईतवार १५:०५

काठमाडौं । यो वर्ष २०८१ को अन्तिम कारोबारको दिन बजार ८.८४ अंकले घटेर २६६१.८६ को विन्दुमा कायम भएको छ। बजार घटेपनि आज सीईडीबी होल्डिङ्सको ४५ करोड ३२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

त्यस्तै एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट्सको ४४ करोड ४६ लाख, राधी विद्युत कम्पनीको ४३ करोड ८२ लाख, हिमालयन रिको ३९ करोड ३४ लाख, नारायणी डेभलपमेन्ट बैंकको २० करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

त्यसैगरी सिन्धु विकास बैंकको १९ करोड १० लाख, नेपाल रिको १८ करोड ६ लाख, एचआईडीसीएलको १६ करोड ५० लाख, हिमालयन पावर पार्टनरको १५ करोड ६० लाख र ङादी ग्रुप पावरको १३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*