बीमा प्राधिकरणको अध्यक्षको योग्यतामाथि बैशाख ८ गते सुनुवाई हुने

काठमाडौं । योग्यता नपुगेको व्यक्तिले नेपाल सरकारलाई झुक्याएर बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ती लिएको भन्दै बदर गर्न मागसहित सर्वोच्च अदालतमा दायर भएको मुद्दाको अर्को सुनुवाई २०८२ बैशाख ८ गते हुने भएको छ ।
आजको लागि तोकिएकोमा न्यायाधीश बिनोद शर्मा र महेश शर्मा पौडेलको इजलासमा परेको थियो । आजको मुद्दामा बहस गर्ने कानुन व्यवसायी र न्यायाधिशका बीचमा बहस गर्न नमिल्ने भएपछि हेर्न नमिल्नेमा परेर अर्को दिनका लागि पेशी तोकिएको हो ।
प्राधिकरणका अध्यक्षको योग्यतामाथि परेको मुद्दामा यही बैशाख ३ गतेभित्रमा लिखित जवाफ पेश गरिसक्नुपर्नेछ । सम्भवतः अबको पेशीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्रालय, बीमा प्राधिकरणलगायतका सबै निकायबाट लिखित जवाफ पेश भइसकेको हुनेछ ।