प्रतिकित्ता ११० रुपैयाँमा महालक्ष्मी विकास बैंकको १५ लाख शेयर बिक्रीमा
३१ चैत्र २०८१, आईतवार ०८:५८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले १५ लाख १४ हजार २५ कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ।
बैंकले यी शेयर इच्छुक तथा योग्य व्यक्ति, कम्पनी, संघसंस्थाहरूले किन्न पाउने गरी बिक्रीमा राखेको हो।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले शेयर खरीदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिनु पर्नेछ।
आवेदन आज चैत ३१ गतेदेखि वैशाख १४ गतेभित्र दिइसक्नु पर्नेछ। आवेदन फाराम नक्सालस्थित मुक्तिनाथ क्यापिट लिमिटेड (बिक्री प्रबन्धक) मा प्राप्त गर्न सकिनेछ।