गोदावरी स्टिलले आईपीओ जारी गर्ने
३१ चैत्र २०८१, आईतवार ०८:१६

काठमाडौं । गोदावरी स्टिल लिमिटेडले आईपीओ प्रस्ताव सहित वैशाख २६ गते १०औं वार्षिक साधारणसभा बोलाएको छ। सभा ग्वार्काेस्थित कम्पनीको मुख्य कार्यालयमा दिउँसो १ बजेदेखि शुरू हुनेछ।
पब्लिक कम्पनी भएपछिको यो पहिलो सभाले साधारण शेयर निष्कासन (आईपीओ) र शेयरको मूल्य निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभाले पारित गर्नेछ।