कुमारी बैंकको २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

३१ चैत्र २०८१, आईतवार ०७:५८

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख १४ हजार १११ कित्ता संस्थापक शेयर सर्वसाधारणले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको छ।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ।

बैंकले उक्त शेयर यसअघि नै संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिएर बिक्रीमा राखिसकिएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*