वीरगन्ज महानगरपालिका क्षेत्रमा नेपाली सेना परिचालन

३० चैत्र २०८१, शनिबार २१:३३

काठमाडौँ । पर्साको वीरगन्जमा शनिबार साँझ उत्पन्न तनावपूर्ण परिस्थितिलाई नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।

वीरगन्ज महानगरपालिका क्षेत्रको केही स्थानमा दुई समुदायबीच विवाद चर्किएपछि स्थिति नियन्त्रण बाहिर जान थालेको थियो। प्रशासनले घटनालाई मध्यनजर गर्दै शनिबार साँझ साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो।

झडप नियन्त्रणमा लिन प्रहरी तथा सशस्त्र प्रहरीले संयुक्त रूपमा करिब १४५ राउन्ड अश्रुग्याँस प्रहार गरेका छन्।
घटनामा नेपाल प्रहरीका एसपी गौतम मिश्रसहित १५ जना सुरक्षाकर्मी घाइते भएका छन् भने सशस्त्र प्रहरीका ८ जना समेत घाइते भएका छन्। यस्तै, झडपमा १२ जना सर्वसाधारणसमेत घाइते भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*