सुनरा इलेक्ट्रिक स्कुटर किन्दा ६० हजारसम्म छुट
३० चैत्र २०८१, शनिबार १९:०३

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा केटीएम इन्टरनेसनल ट्रेडिङले ग्राहकहरूलाई लक्षित गर्दै ‘सुपर सेभ अफर’ ल्याएको छ।
नेपालमा सुनरा इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रहेको कम्पनीले विभिन्न मोडलका स्कुटरहरूमा ६० हजार रुपैयाँसम्मको छुट दिने जनाएको छ।
अफरअनुसार के५ मोडल १ लाख ६९ हजार ९ सय रुपैयाँ, रोबो–एस मोडल ३ लाख २० हजार ९ सय रुपैयाँ र ह्वाक मोडल २ लाख ३६ हजार ९ सय रुपैयाँमा उपलब्ध हुनेछन्।
यसबाहेक, सबै स्कुटरमा निःशुल्क बिमा, फ्रि हेल्मेट र रोड ट्याक्स कम्पनीले बेहोर्ने व्यवस्था गरिएको छ।
साथै, लक्की ड्रमार्फत एकजना भाग्यमानी ग्राहकले आफ्नो किनेको स्कुटरमा ५० प्रतिशत छुट जित्ने अवसर पनि पाउनेछन्।