बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी
३० चैत्र २०८१, शनिबार १८:४३

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आज भीषण आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिल राज बोहराका अनुसार आगलागी नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ।
प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको काम जारी रहेको छ भने क्षतिको विवरण आउन बाँकी छ।
आगलागीको कारण खुल्न नसकेको जनाइएको छ। थप विवरण आउने क्रम जारी छ।