उपभोक्ता अधिकार उल्लंघन गर्ने व्यवसायीलाई जरिवाना, कागजातसहित उपस्थित हुन निर्देशन

३० चैत्र २०८१, शनिबार १८:३२

काठमाडौं । आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार (२०८१ चैत २९) विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार जरिवाना र निर्देशन दिएको छ।

विभागबाट जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–०४ मा सञ्चालित ‘रिवाज एण्ड खाद्य स्टोर’लाई रु २०,००० (बीस हजार रुपैयाँ) जरिवाना गरिएको छ।

त्यस्तै, काठमाडौं महानगरपालिका–०३ मा अवस्थित ‘सन इन्टरनेशनल इन्कर्पोरेटेड’लाई Baskin Robbins आइसक्रिमको लागत विश्लेषण तथा अन्य आवश्यक कागजातहरू ३ दिनभित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ।

त्यस्तै, चन्द्रागिरी नगरपालिका–१४, ढुङ्गेअड्डास्थित ‘न्यू प्रकाश अटो ट्रेडर्स’को २०८१ चैत २५ मा रोक्का गरिएको कारोबार फुकुवा गरिएको छ।

यस्तै, चन्द्रागिरी नगरपालिका–०७, गुर्जुधारामा रहेको ‘अनिक सटोर’लाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*