भोलि शनिबार समेत अधिकांश बैक खुला रहने

२९ चैत्र २०८१, शुक्रबार १७:५६

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तको सेटलमेन्ट कार्यलाई ध्यानमा राख्दै अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले चैत ३० गते शनिबार पनि बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन् ।

चैतको अन्तिम दिनमा गरिनुपर्ने आर्थिक कारोबार, खाताको अन्तिम लेखाजोखा, भुक्तानी तथा राजस्व संकलन जस्ता महत्त्वपूर्ण कामको चाप रहने भएकाले बैंकहरूले मुख्य शाखाहरू खुला राख्ने निर्णय गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले समेत चैत मसान्तसम्मको आर्थिक कारोबारलाई व्यवस्थित गर्न आवश्यक निर्देशन जारी गरेको छ । आर्थिक वर्षको त्रैमासिक अन्त्यसँग जोडिएको कार्यको सहजताका लागि चैत ३० गते बैंकहरू आंशिक रूपमा खुला हुने व्यवस्था मिलाइएको हो ।

सार्वजनिक बिदाको दिनमा समेत बैंक खुला रहने निर्णयपछि सेवाग्राहीले चैत मसान्तको कारोबार सुचारु गर्न सहज हुने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*