दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
२९ चैत्र २०८१, शुक्रबार १६:५८

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक संरक्षणको अभियान सञ्चालन गर्दै आएका दुर्गा प्रसाईंमाथि प्रहरीले थप अनुसन्धान गर्न १२ दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार प्रहरीले पेश गरेको निवेदनअनुसार थप म्याद स्वीकृत गरेको हो ।
अदालतमा प्रस्तुत गर्दा प्रसाईंलाई थुनुवा पोसाकमा देखिएको थियो । प्रहरीले उनलाई अदालतको इजलासमा उपस्थित गराएको हो ।
प्रसाईंको पक्राउबारे केही सञ्चार माध्यममा भारतबाट पक्राउ परिएको दाबी भए पनि प्रहरीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उनलाई बिर्तामोडबाट पक्राउ गरिएको स्पष्ट गरिएको छ ।