यो साता ६ वटा कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कुनको कति?

२९ चैत्र २०८१, शुक्रबार १४:५३

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६ वटा कम्पनीहरूको शेयर सूचीकृत भएको छ। जसमध्ये ५ वटा कम्पनीको बोनस शेयर र १ कम्पनीको आईपीओ रहेको छ।

गत सोमबार एकैदिन ४ वटा कम्पनीहरूको बोनस शेयर नेप्सेमा सूचीकृत भएको थियो । जसमध्ये राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर बापतको ८ लाख ३३ हजार ९०४.७० कित्ता, कालिका लघुवित्तको ९.५० प्रतिशत बोनस शेयर बापतको ३ लाख ५३ हजार ७०५.६५२५ कित्ता रहेको छ।

त्यस्तै सोही दिन जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस शेयर बापत १८ लाख ८६ हजार ५२६ कित्ता र नागरिक लगानी कोषको ७ प्रतिशत बोनस बापतको ४२ लाख ४० हजार ३७२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको थियो।

त्यस्तै मंगलबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनस शेयर बापत २ लाख ९९ हजार ५४८ कित्ता बोनस शेयर सूचीकृत भएको थियो।

बुधबार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ७५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएर बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आइसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*