डिजिहबले ल्यायो नयाँ टीएमएस

April 11th, 2025

काठमाडौं । डिजिहब प्रालिले नेपाली शेयर बजारका लागि नयाँ र आधुनिक ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) सार्वजनिक गरेको छ। यो प्रणाली अहिले पाँच वटा ब्रोकर कम्पनीमार्फत प्रयोगमा आइसकेको जनाएको छ।

नयाँ टीएमएसले शेयर किनबेच गर्ने प्रक्रिया छिटो, सजिलो र स्वचालित बनाउने जनाएको छ। यो प्रणाली मोबाइल (एन्ड्रोइड र आइओएस), कम्प्युटर र वेबमा प्रयोग गर्न मिल्नेछ।

यसमा एकैचोटि धेरै अर्डर राख्न सकिने, शेयरको मूल्य हेरेर तुरुन्त निर्णय गर्न सकिने, सबै जानकारी एउटै स्क्रिनमा देखिने र कारोबार गर्न सजिलो हुने जस्ता फिचरहरू भएको कम्पनीले जनाएको छ।

साथै यो प्रणालीले नाफा–नोक्सान तुरुन्तै देखाउने, धेरै खाता सजिलै व्यवस्थापन गर्न सकिने र जोखिम न्युनिकरण गर्ने सुविधा पनि दिने कम्पनीले बताएको छ।

अबको केही समयभित्र यो सेवा अरू ब्रोकर कम्पनीहरूमा पनि विस्तार गरिने डिजिहबले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*