नेपाल ल्यूब आयलले हकप्रद सेयर जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
२९ चैत्र २०८१, शुक्रबार १३:३९

काठमाडौं । नेपाल ल्यूब आयलले हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले बोर्डमा २०० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ५७ हजार २५३।६० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ