बीमाबारे उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोग : सबै पुनर्बीमा स्वदेशमै गर्नुपर्ने नीति घातक

२९ चैत्र २०८१, शुक्रबार ११:४४

काठमाडौं । सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोगले स्वदेशमै मात्रै पुनर्बीमा गर्नु घातक रहेको हुँदा पुनर्बीमाको केही प्रतिशत हिस्सा विदेशी कम्पनीसँग गर्न सुझाव दिएको छ।

\जोखिम न्यूनीकरणको लागि पुनर्विमाको निश्चित हिस्सा विदेशी पुनर्विमा कम्पनीसँग गराउने व्यवस्था गर्ने आयोगले सुझाव दिएको हो ।

स्वदेशी पुनर्बीमा कम्पनीसँग मात्र पुनर्बीमा गर्दा जोखिम विविधिकरण नहुन सक्ने हुँदा आयोगले यो सुभाव दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पुनर्बीमाको केही प्रतिशत हिस्सा विदेशी कम्पनीसँग गर्दा जोखिम विविधिकरण हुन जान्छ । बीमा सम्बन्धी अद्यावधिक ज्ञान र प्रविधि हस्तान्तरणको लागि पनि विदेशी बीमा कम्पनीसँगको सम्बन्ध उपयोगी बीमा क्षेत्रको लागि आवश्यक जनशक्ति उत्पादन गर्न सक्ने हो यो क्षेत्रमा रोजगारीको अवसर रहेको र थप बढ्ने देखिने प्रतिवेदनान उल्लेख गरिएको छ।

सार्वजनिक निजी साझेदारीमा बीमा एकेडमी स्थापना गर्न आवश्यक रहेको देखिन्छ।बीमाको पहुँच बढाउने र ग्राहक संरक्षण गर्दै बीमा कम्पनीले परिचालन गरेको वित्तीय साधनको अर्थतन्त्रमा पुँजी निर्माण गर्न सहयोग पुग्ने गरी बीमा सम्बन्धी नियामकीय नीति तर्जुमा गर्नु पर्दछ। यसको लागि बीमा प्राधिकरणको स्वायत्तताका साथै क्षमता र दक्षता बढाउनु पर्ने आवश्यकता रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*