आर्थिक अवस्था सुधार गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक, के के छन् एजेण्डा ?

काठमाडौं । नेपाल सरकारले देशको आर्थिक अवस्था सुधारको लागि गठन गरेको रामेश्वर खनालको संयोजकत्वको समितिले तयार पारेको अध्ययन प्रतिवेदन अर्थमन्त्रालयले सार्वजनिक गरेको छ । आयोगले आजै अर्थमन्त्री बिष्णु पौडेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेको छ ।
उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको सरकारलाई बुझाएको प्रतिवेदन आज वेभसाइटमार्फत सार्वजनिक गरिएको हो । रामेश्वर खनालको अध्यक्षतामा सचिव महेश आचार्य, डा. प्रकाश कुमार श्रेष्ठ, प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. विश्वास गौचन, डा. कल्पना खनाल, चन्द्र ढकाल, कमलेश कुमार अग्रवाल, राजेश्व अग्रवाल र सचिव महेश आचार्यको आयोगले देशको आर्थिक अवस्था सुधार गर्न ४४७ पृष्ठको प्रतिवेदन तयार पारेको छ ।
आयोगले १७ वटा बिषयमा विभिन्न सुझावहरु नेपाल सरकारलाई दिएको छ । उक्त सुझावहरु कार्यान्वयन हुने अवस्था भने छैन । हेरौं प्रतिवेदनको पूर्णपाठ ।
उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन